आज:  | Fri, 29, Mar, 2024

काठमाडौँको मेयरमा वालेन्द्र साहको जित सुनिश्चित

२०७९, ११ जेष्ठ बुधबार १०:०३ मा प्रकाशित ( १ साल अघि) १०४७९ पाठक संख्या

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको जित सुनिश्चित भएको छ । यसपटकको स्थानिय तहको निर्बाचनमा निकै चर्चामा रहेको काठमाडौंको निर्वाचनमा अन्तत बालेनले बाजि मार्ने पक्का भएको हो ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ११० मतान्तरले अगाडि रहेका साह जित नजिक पुगेका हुन् । अब २२ हजार ५६४ मत मात्र गणना हुन बाँकी रहेको छ ।
जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा साहले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।

खबर एक्सप्रेस