आज:  | Fri, 22, Mar, 2024

छिटफुट घटनाबाहेक मतदान उत्साहपूर्वक सम्पन्न

२०७९, ३० बैशाख शुक्रबार २०:१२ मा प्रकाशित ( १ साल अघि) ११३७८ पाठक संख्या

स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ। केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ। कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्का दिनका लागि मिति तय गरिएको छ। केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो।
यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए। उनका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार ३० भन्दा बढी जिल्लामा ११० घटना भएको छन्। उनका अनुसार अझै पूर्ण विवरण आउन भने बाँकी छ।
प्राप्त विवरणअनुसार विवादका कारण अवरूद्ध भएका ४० वटा मतदानस्थलमा पुनः मतदान गरिएको थियो। उनले काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको जानकारी आएको बताए। केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो।

खबर एक्सप्रेस