आज:  | Sat, 28, May, 2022

फिल्म पृथ्वीराजको ट्रेलर सार्वजनिक

२०७९, ३० बैशाख शुक्रबार २०:०५ मा प्रकाशित ( २ हफ्ता अघि) २१०९ पाठक संख्या

फिल्म पृथ्वीराजले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ् । सो ट्रेलरले साउथ फिल्म ‘बाहुबली’को झल्को दिएको छ। साउथ फिल्म उद्योगले ‘बाहुबली, आरआरआर, केजीएफ २’ जस्ता फिल्म बनाएपछि बलिउड दबाबमा छ । अब, बलिउडमा उच्च मेकिङ भएका फिल्महरुको खोजी हुन थालेको छ । यसैले, बलिउडका मेकरहरु पनि उच्च मेकिङका फिल्म बनाउन लालयित देखिएका छन् ।
आगामी जुन ३ तारिखबाट रिलिज हुन लागेको बलिउड फिल्म ‘पृथ्वीराज’ले आफ्नो मेकिङलाई उच्चतम झल्को दिने गरी बनाएको छ । अभिनेता अक्षय कुमारको शिर्ष भूमिका रहेने फिल्ममा मानुषी छिल्लर नायिकाको रुपमा छिन् ।
डाक्टर चन्द्रप्रकाश द्धिवेदीको निर्देशनमा तयार भएको यो फिल्मलाई यशराज ब्यानरले निर्माण गरेको हो । आदित्य चोपडा निर्देशित फिल्ममा संजय दत्त, सोनु सुदको पनि मुख्य भूमिका छ ।

खबर एक्सप्रेस