आज:  | Sat, 28, May, 2022

१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९, १८ बैशाख आईतवार १७:१९ मा प्रकाशित ( ३ हफ्ता अघि) १३३४ पाठक संख्या

काठमाडौं, वैशाख १८ गते । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । भने २४ घण्टामा २७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लो समय मृत्यु दर शून्य छ। नेपालमा सक्रिय सङ्क्रमित संख्या २२१ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा २९ हजार ५७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस