आज:  | Sat, 28, May, 2022

चर्चामा स्वतन्त्र उम्मेदवार

२०७९, १७ बैशाख शनिबार २२:२३ मा प्रकाशित ( ३ हफ्ता अघि) १३३४ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् बनेपा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजानन्द माडव्यले चुनाव चिह्न धारा पाएका छन ।

आफूहरु लाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेल र बनेपा का माण्डव्य लाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हो । अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले  चुनाव चिह्न ‘लौरो’ नै पाएका छन् ।

शनिबार बिहानमात्रै लौरो चुनाव चिन्ह पाएर प्रचारप्रसारमा लागेका उनको चुनाव चिन्ह निर्वाचन कार्यालयले फिर्ता लिएको थियो । र उनलाई अर्को चुनाव चिन्ह रोज्न भनेको थियो । बनेपाले लामो समय देखि भोगेको दुखमध्ये पानीको समस्याको समाधानको लागि एक घर एक धारा एक सिंचाइ नारा बोकेको हुनाले  धारा रोजेको माण्डव्य बताउछन ।

“समृद्धिको नारा: एक घर एक धारा

बनेपा बनाउने हाम्रो अभिभारा ” नारा लिएर निर्वाचनमा होमियको छु, माण्डव्य भन्छन । मैले देखेका सपना,तपाईहरुले देखेका सपनालाई हाम्रो साझा सपनाको रुपमा पूरा गर्दै नेपालकै समृद्ध, नमुना, प्रविधिमैत्री, एग्रो टुरिजम र स्याटलाईट सिटिको रुपमा बनेपा नगरपलिकालाई बिकास गर्ने गुरुयोजना सहित उम्मेद्बारी दिएको छु । बनेपा नगरपालिकाको मेयर नगर प्रमुख को पदका लागि स्वतन्त्र उम्मेद्बारी दिने माण्डव्य राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल का अध्यक्ष पनि हुन ।

खबर एक्सप्रेस