निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको स्पष्ट पारेको छ । निर्वाचन आयोगले कानुन बमोजिम अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको स्पष्ट पारेको छ । कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगले जनाएकोछ। विभिन्न ठाउँमा रुपमा निर्विरोध भएको भनेर भनिएपनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको उनको भनाइ छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन ।