आज:  | Wed, 27, Mar, 2024

बिदा दुईदिन हैन संघियता देशले धान्न सक्दैन खारेज गरौ : राप्रपा महामन्त्री

२०७९, १५ बैशाख बिहीबार १६:३८ मा प्रकाशित ( १ साल अघि) ६६८०६ पाठक संख्या

सरकारले जेठ देखि शनिबार र आइतबार दुईदिन विदा दिने सरकारको निर्णयप्रति राप्रपा महामन्त्री कुन्ती शाहीले बिरोध गरेकी छन् । गत मंगलबारको मन्त्रिपरिषद्को बैठकले १ जेठदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यो निर्णयले कर्मचारी खुशी भएपनी समग्र क्षेत्रबाट बिरोध आएको छ ।

राप्रपाका महामन्त्री कुन्ती शाहीले आफ्नो सामाजिक संजालमा फेसबुक पेजमा यो निर्णयको बिरोध गरेकी छन । “स्थानीय तहको चुनावको मुखमा हप्तामा दुईदिन बिदा दिने सरकारको निर्णय गलत छ् ! बिदा बढाएर ईन्धन खपत घटने र खर्च कटौती हुने कुरा अपरिपक्क छ ! देशको चिन्ता नै हो र वास्तविक खर्च कटाउने नै हो भने पहिला संघीयता खारेजी गरौ ! हाम्रो देशमा अधिकार सम्पन्न बलियो स्थानीय तह भए पुग्छ ! संघियता देशले धान्न सक्दैन “ भन्दै  आक्रोश पोखेकी छन ।

खबर एक्सप्रेस