आज:  | Fri, 29, Mar, 2024

पृथ्वी बचाऔ भन्दै अभियन्ताले रोपे बिरुवा

२०७९, १० बैशाख शनिबार १३:०९ मा प्रकाशित ( १ साल अघि) ९७०४ पाठक संख्या

खबरएक्सप्रेस, ललित बिष्ट काठमाडौं वाग्मती सफाइ महाअभियानको ४६७औँ हप्ताको सफाइ अभियान काठमाडौंको सिनामंगल क्षेत्र आसपासमा छ टन फोहोर ब्यबस्थापन गरी सम्पन्न भएको छ । महाअभियानमा सिभिल क्यापिटलबाट ठुलो संख्यामा सहभागीता रहेको थियो । अभियानमा अधिकार सम्पन्न बाग्मती अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव प्रसाद तिमल्सेना आयोजना प्रमुख  नवराज प्याकुरेलको

समेत सहभागीतामा रहेको थियो ।आजै हिजो परेको पृथ्वी दिवसको अवसरमा आज बाग्मती किनारामा केही थान बिरुवा वृक्षारोपण गर्दै पृथ्वी बनाउने अभियानमा सबै जुटौ भन्दै अभियन्ताले सन्देश समेत दिएका थिए । आजको अभियानबाट छ् मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता माला खरेलले बताईन ।राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान २०७० सालदेखी निरन्तर संचालनमा रहेको छ । तर सोचेजति परिणाम आउन नसकेको अभियन्ताहरुले गुनासो गर्दै आएक छन् । बाग्मती सफाई महाअभियानका कारण अहिले देशका सयभन्दा बढी स्थानमा सफाई अभियान चलीरहेको छ ।

 

 

 

खबर एक्सप्रेस