आज:  | Sat, 28, May, 2022

काठमाडौका सडकपेटी बैजनी रङमय (फोटोफीचर)

२०७९, ९ बैशाख शुक्रबार २३:०१ मा प्रकाशित ( १ महिना अघि) २५१२ पाठक संख्या

बसन्त ऋतु शुरु भएसँगै काठमाडौ ललितपुर शहरका बिभिन्न क्षेत्रमा सडकपेटी बैजनी रङमय भएका छन।ज्याकारान्डाका फूलले ढकमक्क भएका सडकपेटीमा सेल्फ़ी खिच्ने र टिकटक बनाउनेको ठुलै जमात भेटिन्छन । अहिले ललितपुर र काठमाडौंका सडकपेटी देखी बिभिन्न पार्क बैजनी रङले ढकमक्क भएको देख्न सकिन्छ ।  

बिशेष गरी ललितपुरको सातदोबाटो, महालक्ष्मी स्थानका साथै काठमाडौको दरबारमार्ग, रत्‍नपार्क, सुन्धारा तथा चक्रपथका दायाँ-बायाँ फुलेका ज्याकारान्डाको दृश्य मनमोहक देखिन्छ। काठमाडौको कमलपोखरीमा भने ठुलो जमात टिकटक बनाउनेदेखी फोटो खिच्नेहरूको ठुलो लाईन भेटन सकिन्छ ।

तस्वीरमा:

 

 

 

 

 

 

 

 

 

 

 

 

खबर एक्सप्रेस