आज:  | Sat, 28, May, 2022

निर्वाचनका कारण रारा म्याराथन स्थगित अर्को मिति छिट्टै

२०७९, ९ बैशाख शुक्रबार १०:४४ मा प्रकाशित ( १ महिना अघि) २६९८ पाठक संख्या

बैशाख ११ गतेलाई तय भएको रारा म्याराथन स्थगित भएको छ । स्थानीय तहको निर्वाचनका कारण हाललाई स्थगित गरिएको कार्यक्रम संयोजक चक्रबहादुर चन्दले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

रारा म्याराथनको पूर्व निधारित मितिमा स्थगन गरिएको र अर्को मिति छिट्टै जानकारी गराउने बताउँदै चन्दले म्याराथनमा सहभागिताका लागि नाम दर्ता भएकाहरूको सोही अनुसार हुने बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर नेपालको कर्णाली स्थित रारामा म्याराथन आयोजना गरिदै थियो । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथनको तयारी तिब्रगतिमा भएपनी स्थानीय तहको निर्बाचनका कारण स्थगीत भएको छ।

मुख्य आयोजक अन्तरालका अनुसार यो म्याराथनले समग्र कर्णाली क्षेत्रको पर्यटन बिकासमा ठुलो योगदान पुर्याउने विश्वासका साथ यो कार्यक्रम हुने लक्ष्य लिइएको छ् ।पूर्वनिर्धारित मितिमा सम्पन्न हुन नसके पनि रारा म्याराथनले यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने संयोजक चक्र बहादुर चन्दले बताउनुभएको छ । 

खबर एक्सप्रेस