आज:  | Sat, 28, May, 2022

क्यान इन्फोटेकमा भीड़

२०७९, ९ बैशाख शुक्रबार ०६:२० मा प्रकाशित ( १ महिना अघि) १६७५ पाठक संख्या

काठमाडौं (अन्नपूर्ण) : आईएमई पे क्यान इन्फोटेक २०२२ इन् एसोसियसन विथ एससिटी स्मार्ट क्यूआरको दोस्रो दिन सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रडक्ट लन्चिङ तथा इन्नोभेसन खण्डमा अवलोकनकर्ताको भीड लागेको छ ।

बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको दोस्रो दिन बिहीबार विभिन्न कम्पनीका सफ्टवेयर तथा कम्प्युटरसम्बन्धी उपकरणमा भीड थियो । छुट र अफरको घोषणा गरेका फिन्टेक कम्पनी, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेट सेवा प्रदायकका स्टल पनि आकर्षणको केन्द्र बनेका छन् ।स्टार्टअप र इन्नोभेसन खण्डका २६ वटा स्टलमा पनि भीड लागेको छ । इन्नोभेसनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ । स्टार्टअप तथा इन्नोभेसन खण्डमा रहेका नयाँ तथा इन्नोभेटिभ आइडियामध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिनेछ । इन्फोटेक सोमबारसम्म चल्नेछ ।

खबर एक्सप्रेस