आज:  | Sat, 13, Apr, 2024

वरिष्ठ कलाकार रविन्द्र खड़काद्वारा पनौती प्रमुखमा दावेदारी

२०७९, ७ बैशाख बुधबार ०८:५३ मा प्रकाशित ( १ साल अघि) २१८२५ पाठक संख्या

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाले काभ्रेको पनौती नगरपालिकाको मेयरमा आफ्नो दाबी पेश गरेका छन । उनी काभ्रेको पनौती सुन्थानमा जन्मिएका नेपाली कला, साहित्य, रङमन्च, चलचित्र र सामाजिक क्षेत्रमा बिगत ४ दशक भन्दा बढी अनवरत निस्वार्थभावले सेवा गर्दै आएका छन । उनले एक बिज्ञप्ती मार्फ़त नेपाली कलाकारहरु मध्यबाट नेपाली राजनीति क्षेत्रमा लाग्ने पहिलो ब्यक्तिको रूपमा रहेको इतिहास साक्षी छ । हाम्रो कलाकारिता क्षेत्रमा निकै समस्याहरु देखिएका र ती समस्याहरुलाइ प्रत्यक्ष्य रूपमा समस्याका समाधानका लागि सम्बन्धित निकायमा छलफल र निर्णय गराउन सक्ने हैसियतको पदमा पुग्ने बिचारका साथ राजनीतितिर झुकाव राखेको छ । आजका केही नेतहरु जस्तो राजनीति नभैइ “स्वच्छ छवि ” राख्ने र पार्टी भन्दा माथी उठेर देश र जनताका लागि अहोरात्र खट्ने आजका केही नेताहरु जो टाएर को चप्पल लगाएर राजनीति मा छिरेको केही बर्ष मै रातारात अर्वपती बनेका जस्तो हैन । मेरा पिताजी स्व.इन्द्रबहादुर खड्कालाई आदर्श मानेर छोराछोरीलाई एकछाक खान धौधौ परे पनि जिल्लाबासी र जिल्ला बिकाशका कार्यमा आफ्नै बाबू,वाजेको पुर्खौली सम्पत्ति बेचेर आफ्ना घरमा बाबुको सन्नुस बाट गाउलेका तम्सुक च्यातेर फाइल्दिने क्रान्तिकारी मेरा पिताजीको सपना पूरा गर्ने उद्देश्यले राजनीति गर्ने सोच मेरो सधै रहेकोछ । आज हरेक नेताहरुको मुखबाट चुनावका लागि करोडौं खर्च गर्नपर्छ नभए चुनाव नै जितिदैन भन्ने कुरा लाई झुट्ठो प्रमाणित गर्न पनि चाहन्छु ।हिजोआज कुनै पनि मतदाताहरु कसैकोको लोभ लालच र पार्टीको नेताको एकोहोरो निर्देशन भन्दा भन्दा पनि आफ्नो स्व विवेकले देश र जनता प्रती समर्पित राम्रो नेताको खोजिमा रहेको मेरो ठम्याइ छ । नेपाली दर्शक, शुभचिन्तक,अपार माया प्रेम आजसम्म पनि पाउदै कला यात्राका थुप्रै शीर्षकमा रास्ट्र, अन्तर्राष्ट्रिय पुरस्कार सम्मान  प्राप्त गर्दै चलचित्र क्षेत्रका पेशागत संघ,सस्थाका पहिलो एतिहाशिक संघ नेपाल चलचित्र कलाकार संघ FAAN को सस्थापक,पहिलो अध्यक्ष, तथा वर्तमान निर्वाचित अध्यक्ष भई थुप्रै उल्लेखनीय कार्यगर्दै रहेको लगायत थुप्रै चलचित्र क्षेत्र तथा सामाजिक क्षेत्रका संघ सस्थामा आवद्ध रहेकोछु । वर्तमान निर्वाचनको परिपेक्षमा आफ्नो जन्मस्थल काभ्रे पनौती नगरवासिहरुको सल्लाह, सुझाव मैले २०५९/६० सालमा पनौती नगर प्रमुख पदमा जम्मा ११ महिना कार्यभार सम्हालेर “बिकाश , शान्ति र उन्नति हाम्रै हो पनौती । का नारा दिएर आफू स्वतन्त्र रूपमा नगर प्रमुखमा  रहेर सवै पार्टीका नेताहरु, समाजसेवी, नगरवासी हरुलाई समेटि सवैका सल्लाह र सुझाव लिएर ५ वर्ष को अवधिभर गर्ने कार्यहरू भन्दा पनि राम्रा राम्रा बिकाश  बाटोघाटो, पाटी पौवा, मठ मन्दिर,पूल,खानेपानी, सिंचाइ  स्वास्थ्य, स्कुल, कलेज, आदिको बिकाश कार्यहरू गरेको थिए । आफ्ना पिता स्व: इन्द्रबहादुर खड्का २ पटक जिल्ला सभापति २ पटक माननीय भएर काभ्रे जिल्लामा अनगिन्ती । एतिहाशिक बिकाशका कार्यहरु भएको पनि सवै काभ्रेका आदरणीय अग्रज नागरिकहरु र इतिहास साक्षी रहेकोछ । मैले पनौती नगरपालिकाको प्रमुख पदमा रहेर, सम्भाव्य घोषणा गरेका नगरपालिका भित्रका धार्मिक,स्थल, पर्यटकियस्थल,बेरोजगार हटाउन ठूलो ठूलो उद्योग,आयोजना ,चलचित्र छायांकन स्थल, चलचित्र नगरी, चलचित्र संग्रहालय, अन्तर्राष्ट्रियस्तरको बृद्धआश्रम, शिक्षा, स्वास्थ्यक्षेत्र लाई प्राथमिकतामा राखेर अगाडि बढाउने लगायतका सर्हानिय कार्य गर्ने पवित्र उद्देश्य बोकेर मैले आफ्नो तर्फबाट पुनः पनौती नगर प्रमुख बनेर नगर र नगर वासिको हितमा काम गर्ने इच्छा आफू सम्लग्न पार्टी, नेताहरु लगायत काभ्रेवासी,सम्बन्धित निकायहरुमा पनि जाहेर गरेकोछु । सो कुराको जानकारी सवैलाइ गराउनु मेरो परम कर्तव्य ठानेर सन्चारकर्मी मित्रहरू मार्फत हजुरहरुको साथ,सहयोगको आशा राख्दै,  बिनम्रतापुर्वक यो बिज्ञप्ति सार्वजनिक गर्दछु ।

सवैको कल्याण होस ।

कलाकार, समाजसेवी रवीन्द्र खड्का

काभ्रे, पनौती ९, सुन्थान

खबर एक्सप्रेस