आज:  | Sun, 14, Apr, 2024

गायिका रितु कडेल सम्मानित

२०७९, ४ बैशाख आईतवार १४:१७ मा प्रकाशित ( १ साल अघि) १४५०९ पाठक संख्या

काठमाडौं : १४ वर्षदेखि नेपाली गीतसंगित क्षेत्रमा मेहनत गरिरहेकी गायिका रितु कडेल एक कार्यक्रममा सम्मानित भएकी छन् । प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कडेललाइ सम्मानित गरेका हुन् । शनिबार चन्द्र लोक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा गायिका कडेललाई विशेष सम्मान गरिएको थियो।

नेपाली गीत संगीत क्षेत्रमा गायिका कडेलले धेरै गीत गाएकी छन । यस क्षेत्रमा अध्ययनशील गायिका मध्य उनी पर्छिन। उनका थुप्रै गीतहरु नेपाली सांगीतिक बजारमा प्रसिद्धी कमाएका छन । भने पछिल्लो समय स्टेजमा हुने कार्यक्रममा समेत उतिकै व्यस्त देखिन्छिन।आयोजकले यही कुरालाई मध्यनजर गरि उनलाई सम्मानित गरेको हो ।गायिका कडेलले सम्मानमा आभार व्यक्त गर्दै आफुलाई यस सम्मानले गायन क्षेत्रमा अगाडि बढन थप प्रेरणा मिलेको बताएकी छन।

खबर एक्सप्रेस