आज:  | Sat, 28, May, 2022

ए मेरो हजुर ४ले तीन दिनमा बक्सअफिस कलेक्सन २ करोड ४३ लाख

२०७९, ४ बैशाख आईतवार १२:३८ मा प्रकाशित ( १ महिना अघि) १३३४ पाठक संख्या

काठमाडौं । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा उत्साहजनक ब्यापारको सुरुवात गरेको छ । गत बिहिबार रिलिज भएको फिल्मले तीन दिनमा २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
युवा स्टार अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गरेको बितरक गोबिन्द शाहीले जनाएका छन् । चौथो दिन आइतबार फिल्मले ३ करोड पार गर्ने अनुमान गरिएको छ । करिब ३ करोड लगानीमा बनेको लभस्टोरी फिल्म झरना थापाले निर्देशन गरेकी हुन् ।
दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ सँगै भिडन्त गरेको यो फिल्मलाइ ृदर्शकले साथ दिईरहेको निर्माता सुनिल कुमार थापाले बताए ।

खबर एक्सप्रेस