आज:  | Thu, 18, Apr, 2024

रौतहटमा लाइटर पड्केर आगलागी

२०७९, ३ बैशाख शनिबार २०:२४ मा प्रकाशित ( २ साल अघि) ७५०३ पाठक संख्या

रौतहटको चन्द्रपुर नगरपालिका ३ भोलनटारमा शनिवार दिउँसो आगलागी हुँदा ६ वटा र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरमा भएका सवै सामानहरु जलेका छन् । स्थानीय हस्तबहादुर स्याङतानको घरमा लाइटर पड्केर आगलागी सुरु भएको थियो । आगलागीबाट उनका दुईवटा घर र गोठ तथा छिमेकीका घर जलेर नष्ट भएका छन् । चन्द्रपुर, हरिवन , निजगढ नगरपालिकाका दमकल पुगे पनि आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

खबर एक्सप्रेस