आज:  | Sat, 28, May, 2022

दैलेख सफाई अभियानको बेलासपुर मन्दिर सफाइ

२०७९, ३ बैशाख शनिबार २०:१३ मा प्रकाशित ( १ महिना अघि) ३५०४ पाठक संख्या

कल्पना राज्यलक्ष्मी शाही दैलेख। दैलेख सफाई अभियानको पन्धौं हप्ताको अभियान सम्पन्न भएको छ । सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता” “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागि पर्नुहोस्” भन्ने नाराका साथ सुरुवात गरिएको दैलेख सफाई अभियान निरन्तर जारी रहेको छ । अभियान प्रत्येक हप्ताको शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुँदै आएको पञ्कोशी ज्वाला युवा प्रतिष्ठान दैलेखका अध्यक्षले बताएका छन् । आजको अभियान दैलेखको पर्यटकिय क्षेत्र एवं धार्मिक स्थल बेलासपुर मन्दिर आसपास क्षेत्रमा सफाइ अभियान संचालन भएको थियो । आजको अभियानमा एनएमबी बैकको समेत सहभागीता रहेको थियो । मन्दिर आसपास क्षेत्रमा बनभोज गर्नेहरुले प्रयोग गर्ने सामाग्रीहरु जथाभावी फालिदिदा सो क्षेत्र जहिले पनि प्लास्टिकजन्य पदार्थहरुले कुरुप हुदै आएकोमा अभियन्ताले चिन्ता ब्यतm गरेका छन् । दैलेख सफाई अभियानले यस क्षेत्रमा पटक पटक आएर अभियान गरेका कारण अहिले मानिसमा जनचेतना जागेर आएको बताए । अभियानलाई स्थानीय पञ्कोशी ज्वाला युवा प्रतिष्ठान दैलेखले नेतृत्व लिदै आएको छ ।
यो अभियानले दैलेखमा एउटा राम्रो उदाहरण दिन सकेको छ । तर यहाँका स्थानिय नागरीक ब्यापारी तथा अन्य संघसंस्थाहरु यो अभियानमा जोडिनु पर्नेमा सो कार्य हुन नसकेको अभियन्ताहरुले बताएका छन् ।

 

 

खबर एक्सप्रेस