आज:  | Sat, 28, May, 2022

खप्तडबाबाको मन्दिर र त्यस क्षेत्रका मनमोहक तस्बिर

२०७९, २ बैशाख शुक्रबार १९:५५ मा प्रकाशित ( १ महिना अघि) १८९२ पाठक संख्या

नेपालको सुदुरपश्चिम स्थित खप्तड क्षेत्र निकै चिरपरिचित क्षेत्र हो । यो आध्यात्मिक हिसाबले पनि पर्यटकिय हिसाबले पनि निकै चर्चामा रहेको स्थान हो । सन् १८८० मा भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा वि.सं १९८६ मा यस क्षेत्रमा खप्तड लेकमा आउनु भएको थियो । वहाँले खप्तडमा ५० वर्ष बिताउनु भएको थियो । वहाँ संन्यास लिनु पूर्व कलकत्ताको ट्रपिकल मेडिकल कलेजबाट एम.बी.बी.एस. र बेलायतबाट सर्जनको पढ़ाई पूरा गरेको सफल चिकित्सक पनि हुनुहुन्थ्यो । वहाँले काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययनरअध्यापन गर्दैगर्दा गहिरो साधनाका लागि नेपालको खप्तड क्षेत्रमा आउनु भएको थियो। त्यसपछि वहाँले धर्मविज्ञान, विचारविज्ञान, म र मेरो कर्तव्य डेढ दर्जन भन्दाबढी पुस्तकहरू लेख्नु भएको थियो। खप्तडबाबाको विक्रम संवत् २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो । खप्तडबाबा आध्यात्मिक गुरु र विचारक हुनुहुन्छ ।

 

 

 

 

 

 

 


📸 हरी प्रसाद भट्टराई

खबर एक्सप्रेस