आज:  | Mon, 15, Apr, 2024

निर्मातालाई दुई हप्तासम्म ५० प्रतिशत शेयर दिने नयाँ नियम

२०७८, २३ चैत्र बुधबार २२:०६ मा प्रकाशित ( २ साल अघि) ६१३९ पाठक संख्या

आगामी नयाँ वर्ष देखि प्रदर्शन हुने चलचित्रको सेयर सम्बन्धी नयाँ नियम लागु भएको छ । नेपालमा प्रदर्शन हुने चलचित्रमा आगामी वैशाख १ गतेदेखि कमाइ हुने (सेयर) सम्बन्धी नयाँ निर्णय लागु हुने भएको छ । प्रदर्शन विशेष कार्यदलले वैशाखदेखि लागु हुने गरि सेयर बाँडफाँटबारे प्रदर्शक, वितरक र निर्माताबीच सहमति भएको छ । चलचित्रको प्रदर्शन भएको पहिलो साता प्रदर्शक र निर्माताबीच ५०र५० प्रतिशत सेयर बाँडफाँड हुने र दोस्रो साता पनि दुवै पक्षबीच ५०र५० प्रतिशत सेयर विभाजन हुने सहमति भएको छ । भने तेस्रो साता निर्माताले ३५ प्रतिशत सेयर पाउने नियम तय भएको छ । यो नियम भने नेपालमा प्रदर्शन हुने सबै चलचित्रमा लागु हुने छ । कोरोनाको महामारीबाट थला परेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन यो नियम तय भएको बताईएको छ ।

खबर एक्सप्रेस