आज:  | Sat, 28, May, 2022

कर्णालीमा -याफ्टिङ सेवा सञ्चालन

२०७८, १६ चैत्र बुधबार १५:१४ मा प्रकाशित ( १ महिना अघि) ५३६४ पाठक संख्या

दैलेख । दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीमा -याफ्टिङ सेवा सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको राकम कर्णाली -याफ्टिङ फर्मले नगरपालिकासँगको सहकार्यमा -याफ्टिङ सेवा सञ्चालनमा ल्याएको फर्मका अध्यक्ष धन बहादुर माझीले बताए ।

उनका अनुसार राकम कर्णालीमा गत वर्ष वैशाखदेखि नै -याफ्टिङ सेवा सुरु गरिएको भए पनि सञ्चालनमा आउन सकेको थिए । हाल प्रर्यटन प्रवर्द्धनका लागि कर्णाली प्रदेश सरकारको १४ लाख अनुदान र आठबिस नगरपालिकाको तीन लाख गरी कुल १७ लाख लगानीमा त्यहाँ -याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको हो । यहाँ अरु समयमा कर्णालीको बहाव बढ्ने भएका कारण -याफ्टिङ सञ्चालनमा समस्या हुँदै आए पनि विशेषगरी फागुन, चैत, वैशाख र जेठ महिनामा भने सहजैरूपमा -याफ्टिङ सञ्चालन गर्न सकिने -याफ्टिङ सञ्चालनका रिभर गाइड प्रेम बहादुर माझीले बताए । उनका अनुसार हाल आठबिस नगरपालिका वडा नम्बर ४ को राकम कर्णालीस्थित खिड्डी जिउलाबाट साइगाँउसम्म करिब १० किलोमिटर दूरीमा -याफ्टिङ गरेको प्रतिव्यक्ति एक हजार र खिड्गीज्यूलाबाट असाराघाटसम्म करिब ३० किलोमिटरको दूरीमा प्रतिव्यक्ति तीन हजार रूपैयाँमा शुल्क तोकिएको छ ।

कर्णाली नदिमा -याफ्टिङ सेवा सुरु भएसँगै आठबीस नगरपालिकाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए । कर्णाली प्रदेशकै प्रमुख प्रर्यटकीय क्षेत्र रारा जाने बाटो राकम कर्णालीबाटै भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई एक पटक राकममा -याफ्टिङ गरेर जान प्रमुख प्रशासकीय अधिकृत शाहीले आग्रह गरेका छन् । उनले -याफ्टिङ सेवालाई सुरक्षित तवरले नियमित सञ्चालन गर्न सकेमा यसबाट बाह्य तथा आन्तरिक पर्यटकहरूले समेत मनोरन्जन लिन पाउने बताएका छन् । कर्णालीको -याफ्टिङ यात्रा अरू नदीको तुलनामा निकै आनन्ददायी र रोमाञ्चक भएकोले आठबिस नगरपालिकासँगै दैलेख जिल्लाकै पर्यटन प्रवर्द्धनको विकासका लागि सरोकारवाला निकायहरूले चासो देखाउन थालेका छन् ।

खबर एक्सप्रेस