काठमाडौं, चैत १३ गते । यशसहित सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी अभिनीत फिल्म १४ अप्रिल २०२२ मा सिनेमाघरमा रिलिज हुने तयारीमा रहेको छ । यो २०१८ को ब्लकबस्टर फिल्म केजीएफस् च्याप्टर १ को सिक्वेल हो । अभिनेता यश ‘केजीएफ २’ मा राजा कृष्णप्पा बैर्या उर्फ रकी भाइको भूमिकामा देखिनेछन् । यो फिल्मका लागि अभिनेताले २५ देखि २७ करोड भारु पारिश्रमिक लिएको बताइएको छ । यस फिल्ममा अभिनेत्री रविना टण्डन भारतीय प्रधानमन्त्री रमिका सेनको भूमिकामा देखिनेछिन् । त्यस्तै यस फिल्ममा अभिनेता सञ्जय दत्त भिलेनको भूमिकामा देखिनेछन् ।