आज:  | Sat, 28, May, 2022

सुर्खेतमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु

२०७८, ५ चैत्र शनिबार १५:२९ मा प्रकाशित ( २ महिना अघि) ४३७२ पाठक संख्या

सुर्खेतमा टिप्पर र स्कुटर एक आपसमा ठोकिएका छन जसको कारण एकजनाको मृत्यु भएको छ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दिनहु सडक दुर्घटना बढ़दै गएको छ । रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर सुर्खेत स्थित धुल्याबिटमा टिप्परको ठक्करबाट एक जना स्कुटर सवार महिला लक्ष्मी पुलामीको घटनास्थलमै मृत्यु भएको छ। दुवै सवारी साधन छिन्चु तर्फ गैरहेका थिए। स्कूटरमा ३जना सवार गरिरहेका थिए । जसमा स्कुटर चालक पुरुष र दुई महिला रहेको एक महिलाको मृत्यु भैसकेको र अर्को महिलाको अवस्था गम्भीर रहेको छ।

खबर एक्सप्रेस