आज:  | Wed, 24, Apr, 2024

‘कृष्ण लिला’ भाद्र ३ गतेबाट प्रदर्शनमा आउने

२०७८, १ चैत्र मंगलवार १७:५१ मा प्रकाशित ( २ साल अघि) १२५८७ पाठक संख्या

चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त मितिमा प्रदर्शन गर्ने जनाएको हो । पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्रलाई दिपक वलीले निर्देशन गरेका हुन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको चलचित्रमा शिव ढकालको छायाँकन रहने छ । चलचित्रमा श्रद्धा र पुष्पका अलवा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । यस अघि सोही मितिमा चलचित्र प्रेमगञ्जले पनि प्रदर्शन तय गरिसकेको छ । परिच्छेद सेनको निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल र तेज गिरीको मुख्य भुमिका रहेको छ ।

खबर एक्सप्रेस