आज:  | Sat, 28, May, 2022

दुई प्रतिस्पर्धी मञ्चमा किन पुगे नजिक

२०७८, १ चैत्र मंगलवार १९:१८ मा प्रकाशित ( २ महिना अघि) ४१२४ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) को गत महाधिबेशनमा राष्ट्रिय अध्यक्षमा कमल थापा र राजेन्द्र लिड.देन एक आपसमा भिडे तर महाधिबेशनमा ठुलो चर्चा भने महामन्त्री उम्मेदवारलाई लिएर भयो । थापा र लिडदेन पक्षबाट राप्रपाको महामन्त्रीमा दुईजना महिलालाई चुनाबी मैदानमा उतारियो । दुबै पक्षले दशक भन्दा लामो सकृय राजनिति गरेकी यूवा नेत्री कु्न्ति शाही र नेपाली चलचित्र क्षेत्रमा निकै लामो समय योगदान दिएकी चर्चित अभिनेत्री रेखा थापालाई चुनाबी मैदानमा प्रतिस्पर्धामा उतारे । मिडियाले पनि उच्च प्राथमिकताका साथ बिभिन्न मसला भरेर समाचार सम्प्रेरण गरे । महाधिबेशनमा देशै भरीका प्रतिनिधीले पार्टिमा लामो समय ईमान्दारीपूर्वक काम गरेकी स्वच्छ छबी कि नेत्री कुन्ति शाहीलाई जिताए । झन समाचारले बिभिन्न किसिमले प्रचारबाजी गरे । जित लगतै अभिनेत्री थापाले आफ्नो सामाजिक संजालमा फोटो शेयर गरि बधाई समेत दिईन् । तर केही समुह यी दुई बिचको दुरीलाई बढाउन सामाजिक संजालमा लागी परे । सबैलाई लाग्यो यी दुईजना बिचको सम्बन्ध पनि निकै चिसियो । रेखाले अब राप्रपा छोडछिन भन्ने सम्मका समाचारहरु पनि सम्प्रेसण भए । भर्खरै मात्र राप्रपाको बाँकेको नेपालगंज र बर्दियाको गुलरियामा सम्पन्न बिशाल आमसभामा यीनै दुईजना नेत्रीको समेत सहभागीता रहेको थियो । उनीहरु पार्टिको तर्फबाट सो जिल्ला पुगेका हुन । बाँकेको आमसभामा एउटै स्जेजबाट बोल्दा रेखा थापाले महामन्त्री कुन्ति शाहीको निकै प्रशंसा गरिन हाम्रो सशक्त महिला नेता महामन्त्री पदमा जित्दा आफुलाई गर्व लागेको वहाँलाई आफु जहिले पनि सम्मान गर्ने बताईन् । केही समय अघि महामन्त्री कुन्ति शाहीले पनि अध्यक्ष लिड.देनलाई रेखा थापालाई पनि पार्टिको जिम्मेवारी ठाँऊमा ल्याउन समेत भनेकी थिईन् । उनीहरुले भने राप्रपाको कार्यक्रमका पहिलो पटक स्टेज शेयर गरेका थिए । यो कुरालाई लिएर कार्यकर्ताहरुले समेत खुशी देखिएका थिए ।


राप्रपाको महाधिबेशनको सकिएको लामो समयपछि महामन्त्री कुन्ति शाही र केन्द्रिय सदस्य रेखा थापाले बाँके र बर्दियामा एउटै स्टेज शेयर गरे भलाकुसारी गरे भने मंतब्य समेत राखे । स्टेजमा नजिकबाट एकले अर्कासँग कुराकानी समेत गरेका थिए । बाँकेको आमसभा पछि बर्दियामा आमसभामा रहेको थियो । बर्दियाको आमसभामा भने गजबको दृष्य देखिएको थियो । आयोजकले उनीहरु दुईजनालाई स्टेजको अलग अगल भागमा सिट ब्यबस्थापन गराएका थिए । कार्यक्रम संचालन भए कै बिच अवधीमा उनीहरु दुईजना एकाएक सँगैसिटमा बस्न पुगे । सोही समयमा दुईजनाले पार्टिको बिषयमा बिभिन्न किसिमका कुराकानी गर्न समेत गर्न भ्याए । यो दृष्य देखेपछि महामन्त्रीका सल्लाहकार सामाजिक अभियन्ता चक्र बहादुर चन्दले स्टेजमा चढेर स्माईल प्लिज भन्दै फोटो खिच्न समेत भ्याए । उनले लिएको तस्बिरमा दुईजनाले मुस्कानले एकअर्कालाई माया सदभाव दर्साएकका छन् । यो फोटोले निकै अर्थ राखेको छ चन्दले बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । महाधिबेशनका दुईजना प्रतिस्पर्धीको एउटै स्टेजमा मुस्कानका साथ कुराकानी गरेको देखेर स्टेज मै चढेर फोटो खिचियो । यो सम्बन्ध देश बिकासको हितमा पार्टिको बिकासको हितमा र तमाम पछाडि पारिएका महिलाहरुको आवाज बुलन्द गर्नमा बिना स्वार्थमा सधै यसरी अगाडी बढी रहुन । दुईजना देशका सक्तिशाली महिला हुनुहुन्छ । समाजमा भएका कुरुती अझ भन्नुपर्दा हरेक पार्टिमा महिला नेत्रीलाई जिम्मेवारी दिनबाट बन्चित गरिन्छ र पछाडी पार्न खोजिन्छ । तपाईहरु मिलेर शशत प्रतिबाद गरी एउटा उदाहरण दिनुहोस् । जय मायाप्रेम जय सम्बन्ध । उनले लेखेका छन्

 

 

खबर एक्सप्रेस