आज:  | Sat, 28, May, 2022

‘ए मेरो हजुर ४’को गीत ‘सुन्तला’ सार्वजनिक

२०७८, २४ फाल्गुन मंगलवार १९:४० मा प्रकाशित ( २ महिना अघि) ३०३९ पाठक संख्या

काठमाडौं, फागुन २४ गते । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् । गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

खबर एक्सप्रेस