आज:  | Sat, 28, May, 2022

फिल्म ‘कबड्डी ४ को शीर्ष गीत ‘केशरी’ सार्वजनिक

२०७८, २३ फाल्गुन सोमबार २२:४९ मा प्रकाशित ( २ महिना अघि) २९४६ पाठक संख्या

फिल्म ‘कबड्डी ४ द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत र स्वरमा रहेको गीतमा फिल्मका दुई मुख्य पात्र सौगात मल्ल र मिरुना मगर फिचर्ड छन् । गीतमा रामअविरल विष्टको शब्द र रिकेश गुरुङको एरेन्ज छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा यसपटक मिरुनाको प्रवेश भएको छ । विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले संयुक्त रुपमा निर्माण गरेको फिल्मले हलसम्म दर्शकलाई फर्काउने निर्माताले आशा लिएका छन् ।

खबर एक्सप्रेस