आज:  | Fri, 29, Mar, 2024

दैलेख सफाई अभियानको आठौं श्रृखला पुरा

२०७८, २१ फाल्गुन शनिबार १७:५० मा प्रकाशित ( २ साल अघि) १००४५ पाठक संख्या

दैलेख, कल्पना राज्यलक्ष्मी शाही । सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागि पार्नुहोस्” । भन्ने नाराका साथ सुरुवात भएको दैलेख सफाई अभियानको आठौं श्रृखलाको अभियान दैलेख बजार स्थित बसपार्क आसपासमा सम्पन्न भएको छ । आजको अभियान बसपार्क आसपासमा गरिएको थियो । अभियान आठौं श्रृखला सम्म पनि नियमित संचालन हुदा स्थानिय तह नगरपालिका र अन्य क्षेत्रबाट सहयोग हुन नसकेको प्रति अभियन्ताहरुले चिन्ता प्रकट गरेका छन् । स्थानिय नागरिकले पनि नगरपालिकाले फोहोर समयमा नउठाउने गरेको गुनासो गरेका थिए । दैलेख सफाई अभियान प्रत्येक हप्ताको शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुँदै आएको छ । सोही क्रममा आज जथाभावी फालिएको प्लास्टिकजन्य र अन्य फाहोरलाई ब्यपस्थापन गरिएको थियो। दैलेख सफाई अभियानले अहिले समाजमा राम्रो सन्देश दिईरहेको छ । अभियानलाई स्थानीय पञ्कोशी ज्वाला युवा प्रतिष्ठान दैलेखले नेतृत्व लिदै आएको छ । यो अभियानमा सबैजना जोडिनका लागी ती यूवाहरुले अपील समेत गर्दै आएका छन् ।

 

 

 

खबर एक्सप्रेस