आज:  | Mon, 15, Apr, 2024

वाग्मती सफाइमा नायिका करिष्मा (फोटोफिचर)

२०७८, १४ फाल्गुन शनिबार २२:०४ मा प्रकाशित ( २ साल अघि) १७६७१ पाठक संख्या

काठमाडौं । महाशिवरात्रि पर्वलाई मध्यनजर गर्दै वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्ताको सफाइ अभियान पशुपति मन्दिर परिसर, आर्यघाट वाग्मती नदि एव हंस मन्डप वरिपरि सफाइ गरी सम्पन्न भएको छ । आजको महाअभियानमा बरिष्ठ अभिनेत्री सदाबहार नायिका करिष्मा मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो । अभियानमा नायिका करिश्मासँगै प्रदेशसभा सदस्य केशव स्थापित, प्रमुख अभियन्ता लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अन्य जनप्रतिनिधि, काठमाडौं महानगरपालिका वातावरण विभाग पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि, वाग्मती सफाइ अभियन्ता लगाएको सहभागीतामा सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता माला खरेलले बताईन । आजको अभियानमा आफ्नो बिचार राख्दै सदाबहार नायिका करिष्मा मानन्धरले हाम्रा नदिनाला, धर्मसंस्कृतिलाई जोगाउनु पर्ने भन्दै काठमाडौंबासीले हप्तामा दुई घण्टा समय दिन सबैलाई आग्रह गरिन। आज सम्पन्न भएको पशुपति क्षेत्रको सफाइ अभियानको संयोजन अभियन्ता आशा पाण्डेले गरेकी थिईन् ।राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान २०७० सालदेखि निरन्तर संचालनमा रहदै आएको छ ।

 

 

 

 

 

खबर एक्सप्रेस