आज:  | Fri, 29, Mar, 2024

सदाबहार नायिका करिश्माको आज जन्मदिन

२०७८, २१ माघ शुक्रबार २३:३० मा प्रकाशित ( २ साल अघि) ८१८५ पाठक संख्या

नेपाली चलचित्र उघोग कि सर्बाधिक लोकप्रिय सदाबहार नायिका करिश्मा मानन्धरको आज जन्मदिन उनी १९७२ फेब्रुअरी ४ तारिखका दिन जन्मिएकी हुन । उनको ५०औँ जन्मदिनमा चलचित्र क्षेत्र र अन्य क्षेत्रका बिभिन्न ब्यतिहरुले बिहानैदेखी सामाजिक संजालमा जन्मदिनको शुभकामना दिईरहेका थिए । सदाबहार नायिकाको रूपमा दर्शकको मनमनमा बस्न सफल नायिका करिश्मा मानन्धर २०४२ सालमा निर्माण भएको चलचित्र ‘सन्तान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिईन्। त्यो समय उनी जम्मा १६ वर्षकी मात्र थिइन् । अभिनेत्री करिश्मा मानन्धरलाई नेपाली चलचित्र क्षेत्रमा सदाबहार नायिकाको रूपमा सबैले चिन्ने गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा उनी साढे तीन दशकदेखी अहिलेसम्म आमदर्शकका माझ उतिकै लोकप्रिय छिन् । उनले अभिनय गरेका दर्जनौं चलचित्र सुपरहिट भएका छन् । नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको चलचित्र ‘जिद्दी’ र ‘बाबुसाहेब’ नचलेपछि करिब एक दशक अमेरिका बसेकी थिईन् । दशबर्षे अमेरिका बसाईपछि उनी फेरी नेपाल आएर अभिनय, चलचित्र निर्माण र केही समय राजनीतिमा समेत होमिएकी सदाबहार नायिका करिश्मा पछिल्लो समय अध्ययनका क्रममा समेत चर्चामा छाईन् । अहिले भने करिश्मा राजनीतिबाट टाढा रहेकीछिन् । पछिल्लो समय व्यवसायमा समेत आवद्ध उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी छन् । आउँदो नयाँ वर्षभित्र आत्मकथा ल्याउने उनको योजना रहेको छ । उनले अभिनय गरेका कस्तुरी, ट्रक ड्राइभर, साथी, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता दर्जनौ सुपरहिट फिल्म छन् । भने उनले पाकिस्तानसम्म गएर फिल्म अभिनय गरेकी छिन् । सामाजिक कार्यमा पनि उतिकै सक्रिय करिश्मा अहिले पनि आमदर्शकको मन मुटुमा बस्न सफल नायिका मध्य पर्छिन । उनै सदाबहार नायिकालाई जन्मदिनको शुभकामना

समकालिन वरिष्ठ अभिनेता शिब श्रेष्ठले चलचित्र मनकामनाको दशकौ पुरानो फोटो सामाजिक संजालमा शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।

खबर एक्सप्रेस