आज:  | Fri, 29, Mar, 2024

१५ जना सङ्क्रमितको मृत्यु

२०७८, १३ माघ बिहीबार २१:०१ मा प्रकाशित ( २ साल अघि) ५५८१ पाठक संख्या

काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जना गरी पाँच हजार ८१६ जना कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना कोरोनामुक्त भएका छन् । भने नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.१ प्रतिशत रहेको जनाएको छ । सोही अवधिमा १५ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जनाको मृत्यु भैसकेको छ । हालसम्म नेपालमा कोरोनाका ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस