आज:  | Fri, 19, Apr, 2024

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत

२०७८, १२ माघ बुधबार १८:०४ मा प्रकाशित ( २ साल अघि) ५८९१ पाठक संख्या

काठमाडौं, माघ १२ गते । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ५४९ जनामा आरटीपीसीआर परीक्षण गर्दा पाँच हजार ५७१ जनामा र छ हजार ८१० जनामा एन्टीजेन परीक्षण गर्दा दुई हजार ८८३ जनामा कोरोना सङ्क्रमण भेटिएसँगै पाँच हजार ५७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका हुन । पछिल्लो २४ घण्टामा चार हजार ४३३ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ । सोही अवधिमा पाँच जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६७४ जनाको मृत्यु भै सकेको छ । साथै पछिल्लो २४ घण्टामा दुई लाख ५६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस