आज:  | Sat, 28, May, 2022

नेपालमा कोरोना संक्रमित संख्या ९५.२ प्रतिशत

२०७८, ११ माघ मंगलवार १९:५२ मा प्रकाशित ( ४ महिना अघि) २६०५ पाठक संख्या

काठमाडौं, माघ ११ गते । नेपालमा पछिल्लो २४ घण्टामा १८ हजार १०३ जनामा आरटीपीसीआर परीक्षण गर्दा नौ हजार ४३२ जनामा र सात हजार ८०६ जनामा एन्टीजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा कोरोना सङ्क्रमण देखिएसँग नेपालमा नौ हजार ४३२ जना कोरोना भाइरस देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ९५.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४० जना कोरोनामुक्त भएका छन् । सोही अवधिमा आठ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ६६९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ८८ हजार ९३४ जनामा कोरोनाको सक्रिय सङ्क्रमित रहेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस