आज:  | Sat, 28, May, 2022

चलचित्र ह्यारीकी प्यारीको मुहूर्त

२०७८, ११ माघ मंगलवार १४:०७ मा प्रकाशित ( ४ महिना अघि) १९५४ पाठक संख्या

जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाहको पनि मुख्य भूमिका रहने रोमान्टिक कमेडी जनरामा निर्माण हुने चलचित्र ह्यारीकी प्यारी को मुहूर्त गर्दै छायांकन सुरु भएको छ ।मुहूर्त सट भने कलाकार द्वय जितु नेपाल र विजय बरालले दिएका थिए ।

डा. भोला रिजालका छोरा तथा निर्माता कपिल रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘ह्यारीकी प्यारी’ को सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिमले फिल्मको छायांकन सुरु गरेको हो । फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहको पनि मुख्य भूमिका रहनेछ । उनी केही दिनमा छायांकनका लागि पर्वत जाने तयारीमा छिन् । निर्देशक रिजालले हाल साम्राज्ञीको सिन नभएकाले अहिलेलाई अरु कलाकारको सिन खिचिने जानकारी दिए । फिल्ममा लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनालको पनि अभिनय रहनेछ । कपिल रिजालले ‘ह्यारीकी प्यारी’ बाट फिल्म निर्देशनमा डेब्यू गर्न लागेका हुन् । लण्डनमा बस्दै आएका उनले यसअघि केही सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । उनी फिल्म ‘ड्रिम्स’ मा निर्माताको रुपमा समेत आबद्ध भएका थिए । उनले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन भइरहेको जानकारी दिए । फिल्मलाई सुदिप बरालले खिचिरहेका छन् ।

 दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ समुहबाट अलग भएपछि जितुले पहिलो पटक बाहिरी ब्यानरको फिल्ममा काम गरेका हुन् । यो समुहमा बाँधिएका कलाकारले आपसी सहमतिबिना बाहिरी ब्यानरको फिल्ममा काम गर्न पाउँदैनन् । ‘महानायक’ विवादका कारण ‘मुन्द्रको कमेडी क्लब’ बाट दीपाश्रीलाई निकालेपछि ‘छक्का पञ्जा’ समुहबाट जितु नेपाल पनि निकालिएका थिए ।

खबर एक्सप्रेस