काठमाडौं, माघ १० गते । नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गर्दा आठ हजार ५४ जनामा र चार हजार ५४७ जनामा एन्टीजेन परीक्षण गर्दा दुई हजार २६५ जना गरी आठ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमित पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा दुई हजार ५४० जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.७ प्रतिशत रहेको छ । सोही अवधिमा चार जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६५९ जनाको मृत्यु भएको छ । नेपालमा ८२ हजार ५५० जनामा कोरोनाको सक्रिय सङ्क्रमण रहेको छ । एक लाख १९ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।