आज:  | Fri, 22, Mar, 2024

सेती प्रादेशिकमा अस्पताल १७६ जनामा कोरोना संक्रमण पुष्टि

२०७८, ८ माघ शनिबार १६:०८ मा प्रकाशित ( २ साल अघि) ७२५५ पाठक संख्या

धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिबार थप एक सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई सय ८२ जनाको परीक्षण गर्दा एक सय ७६ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालमा अहिले १४ जना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार गम्भीर प्रकृतिका २ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका छन्।

 

खबर एक्सप्रेस