आज:  | Fri, 29, Mar, 2024

दैलेखको बेलासपुर मन्दिर आगनको सफाइ

२०७८, ५ माघ बुधबार २३:१७ मा प्रकाशित ( २ साल अघि) ८५२६ पाठक संख्या

पुष्कर खड्का दैलेख : दैलेखको बेलासपुर मन्दिर आगनको सफाइ सम्पन्न भएको छ । पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले आयोजना गरेको अभियानमा पूर्व राज्यमन्त्री एव राप्रपाका महामन्त्री कुन्तीकुमारी शाहीको उपस्थिती रहेको थियो । सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता” “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागि पर्नुहोस्” । भन्ने नाराका साथ सुरुवात गरिएको अभियान प्रत्येक हप्ताको शनिबार बिहान ८ बजेदेखि १०बजेसम्म सञ्चालन हुँदै आएको छ। मन्दिर जस्तो पबित्र ठाँउमा फोहोर भएको भन्दै युवा अभियन्ताले आज मन्दिर परिसर् सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।

आफ्नो जन्मदिन मनाउने क्रममा जथाभावी फालिएको प्लास्टिकजन्य पदार्थहरु, मन्दिरमा पुजा गर्न आउनेहरुले फालेको फोहोरलाई ब्यपस्थापन गरिएको थियो।सरसफाइ अभियानमा पुर्व राज्यमन्त्री तथा राप्रपा महामन्त्री कुन्ति कुमारी शाहिले मन्दिर परिसरमा निकै फोहोर देखिएको भन्दै जन्मदिन मनाउन आउनेहरु र पुजापाठ गर्न आउनेहरु पनि सचेत रहन साथै फोहोर ब्यपस्थापन गर्नको लागि सम्बन्धित निकायसँग आफुले कुरा गर्ने साथै अनियानलाई आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने बताएकी छन् । दैलेख सफाई अभियानले  सबैलाई राम्रो सन्देश दिएको अभियन्ताले बताय ।

खबर एक्सप्रेस