आज:  | Fri, 19, Apr, 2024

रक्तदान जस्तै मतदान महामन्त्री कुन्ती शाही

२०७८, ५ माघ बुधबार २३:०३ मा प्रकाशित ( २ साल अघि) ८५५७ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्बाचित महामन्त्री कुन्ती कुमारी शाहीले दैलेखका बिभिन्न क्षेत्रका अस्पताल,स्वास्थ्य चौकीमा आफै अक्सिजन कन्सन्ट्रेटर बोकेर गाउगाऊँ पुगेकी छन् ।


सोही क्रममा पूर्व राज्यमन्त्री समेत् रहेकी शाही आफ्नो निर्वाचन क्षेत्रको गुरास गाउपालिका अस्पतालमा दुई थान अक्सिजन कन्सन्ट्रेटर गाउपालिकाका प्रशासकि अधिकृत दीपक आचार्यलाई हस्तान्तरण गरिन भने सोही गाउपालिका वडा न ६ स्थित पिलाडी स्वास्थ्य चौकीमा एक थान स्वास्थ्य चौकीका अध्यक्ष वडा न. ६ का अध्यक्ष हिम बहादुर ओलि र स्वास्थ्य चौकीका इन्चार्ज रण बहादुर चन्दलाई संयुक्त रुपमा हस्तान्तरण गरिन।

डुङेश्वर गाउपालिकाको चौखुडा स्वास्थ्य चौकी र लाकुरी स्वास्थ्य चौकीका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर डुङेश्वर गाउपालिकाका डुङेश्वर गापा अध्यक्ष नगेन्द्र कुमार मल्ललाई हस्तान्तरण गरेकी छन् । भने भगवती गापाको लागी दुई वटा मेशिन दिएकी छन् ।

यही अभियानलाई लिएर नौमुले गाउपालिकाको नौमुले अस्पताललाई र बालुवाटार स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर अध्यक्ष भदे बुढामगर,उपाध्यक्ष अमृता सिंह चन्द र डा याम शर्मालाई संयुक्त हस्तान्तरण गरिन।

भने बाँकी अक्सिजन कन्सन्ट्रेटरलाई बिभिन्न ब्यक्ति मार्फत सम्बन्धित स्थानमा पठाउने ब्यबस्था गरिएको अभियन्ता चक्र बहादुर चन्दले बताए । भ्रमण अवधीमा महामन्त्री शाहीले जिल्लाका बिभिन्न क्षेत्रमा जेष्ठ नागरिक, असाहय, एकल महिला आर्थिक अवस्था कमजोर भएकालाई जाडोमा न्यानो कम्बल बितरण गरेकी छन् । जिल्लाको गुरास गाउपालिक, बिन्देबासिनीको माफु, भगवती गाउपालिकको दुनी खोर, नौमुले गाउपालिकको कालिका, नारायण नगरपालिकाको-९ साडुमा सो कार्यक्रम गरिएको थियो ।

बिभिन्न कार्यक्रममा बोल्दै महामन्त्री शाहीले अहिले म राजनीति गतीबिधी भोट् माग्न भन्दा पनि जनताका चासो गुनासो तथा बस्तुस्थिती बुझ्न गाउगाउ आईपुगेको बताउदै आफु जनताका माझ आउँदा धेरै कुरा बुझ्न पाएको बताईन । अहिले गाउदेखी माथिल्लो निकाएसम्म भ्रष्टचारले ठुलो जरा गाड़ेर बसेको छ ।

जबसम्म हामी भ्रष्टचारको अन्त्य गर्न सक्दैनौ तबसम्म हाम्रो समाज हाम्रो देश प्रगति पथमा जान नसक्ने भएकोले अब गाउगाऊँ बाट भ्रष्टचार बिरुद्ध अभियान थाल्नु पर्ने बताईन। आफू छोटो समयका लागी दुईपटक राज्यमन्त्री हुँदा दैलेखको बिकासमा योगदानदिन सकेको बताउदै राजनीति राजनीतिदलका नेता जनता र देशप्रती उत्तरदायी हुन सके देश छिट्टै संबृद्धितीर लम्कन सक्ने बताईन । उनले भनिन जसरी हामीले रक्तदान गरी ब्यक्तिको जीवन बचाउने काम गछौ त्यसरी नै हामीले गर्ने मतदानले पनी समाजलाई समृद्धि बनाउने काम गर्छ, त्यसकारण अब जनताले आफ्नो अन्तरआत्मादेखी मतदान नगरे समाज परिवर्तन हुन नसक्ने बताइन् । अब आश्वासन, चिल्ला कुरा,पैसाको मोलमोलाईमा मतदान गरेको खण्डमा हामी र हाम्रो समाज जहाँको त्यही रहने निश्चित छ भन्दै अब जनता स्वयम् सचेत हुन जरुरी भएको बताईन ।


दैलेख जिल्ला कै ईतिहासमा पहिलो पटक महामन्त्री निर्बाचित भएकोमा जिल्लाको बिभिन्न स्थानमा बिभिन्न दलले सम्मान समेत गरेका छन । कन्सन्ट्रेटर बुझ्दै कार्यक्रममा बोल्ने बक्ताहरूले अक्सिजन कन्सन्ट्रेटरले गाऊँमा नागरिकको जीवन बचाउन ठुलो योगदान दिने भन्दै महामन्त्री आफै आएर सहयोग गर्नुभएको प्रति धन्यबाद दिएका थिय । सामाग्री पठाउने हङकङ पूर्व सैनिक संघ तथा राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष चन्द्रबहादुर गुरुङ लगाएतलाई धन्यबाद दिईएको थियो ।

दैलेखका लागि करिब रु २८ लाख मूल्य बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीले पाएको अभियानकर्मी चक्र बहादुर चन्दले जानकारी दिए । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना सङ्क्रमणको बिभिन्न समयमा जिल्लामा विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको जनाइएको छ ।

खबर एक्सप्रेस