आज:  | Sat, 28, May, 2022

ए मेरो हजुर ४ को टिजर दर्शकले निकै रुचाए

२०७८, ३ माघ सोमबार १०:१६ मा प्रकाशित ( ४ महिना अघि) ४३७२ पाठक संख्या

खबरएक्सप्रेस, काठमाडौं –  गत शुक्रबार रिलिज गरिएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’को टिजर दर्शकले निकै रुचाएका छन् । दुई दिनमा चार लाख ६२ हजारभन्दा बढि दर्शकको हेरेकाछन। भने ३४ हजार बढि लाइक्स र १७ सयभन्दा बढिले कमेन्ट गरेका छन् । फिल्मको सार्वजनिक टिजर अहिले युट्युबको ४ नम्बर ट्रेन्डिङमा रहेको छ । टिजरमा आएका प्रतिक्रियाले अभिनेता अनमोल केसी र सुहाना थापालाई निकै प्रशसा गरिएको छ । भने अनमोल र सुहानाको केमेस्ट्री निकै जमेको देखिन्छ । सुहानाले आफ्नो अभिनय कलामा निखार ल्याउन सकेको प्रतिक्रिया दर्शकले गरेका छन्।

नयाँ बर्ष बैशाख १ गतेबाट रिलिज हुने फिल्म सुहाना इन्टरटेन्मेन्टको प्रस्तुती र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको हो । भने फिल्मको कथा र निर्देशन झरना थापाको रहेको छ । उनलाई पटकथा र संवादमा प्रेमगित ३ का निर्देशक स्व. छेतन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका थिए।फिल्म सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बसन्त सापकोटा, प्रतिक पौडेल, कल्याण सिंह र आशिष अविरलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन रहेको छ । 

खबर एक्सप्रेस