आज:  | Fri, 28, Jan, 2022

राप्रपा महामन्त्री कुन्ती शाही दैलेखका गाउगाऊँमा

२०७८, ३० पुष शुक्रबार २३:४० मा प्रकाशित ( १ हफ्ता अघि) १३६५ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्बाचित महामन्त्री कुन्ती कुमारी शाही अहिले अक्सिजन कन्सन्ट्रेटर बोकेर दैलेखका बिभिन्न गाऊगाउमा पुगेकी छिन् । सोही क्रममा पूर्व राज्यमन्त्री समेत् रहेकी शाही आफ्नो निर्वाचन क्षेत्रको गुरास गाउपालिका अस्पतालमा दुई थान अक्सिजन कन्सन्ट्रेटर गाउपालिकाका प्रशासकि अधिकृत दीपक आचार्यलाई हस्तान्तरण गर्नुभयो ।सोही गाउपालिका वडा न ६ स्थित पिलाडी स्वास्थ्य चौकीमा एक थान स्वास्थ्य चौकीका अध्यक्ष वडा न. ६ का अध्यक्ष हिम बहादुर ओलि र स्वास्थ्य चौकीका इन्चार्ज रण बहादुर चन्दलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

आजै डुङेश्वर गाउपालिकाको चौखुडा स्वास्थ्य चौकी र लाकुरी स्वास्थ्य चौकीका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर डुङेश्वर गाउपालिकाका डुङेश्वर गापा अध्यक्ष नगेन्द्र कुमार मल्ललाई हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा बोल्दै महामन्त्री शाहीले अहिले म राजनीति गतीबिधी भोट् माग्न भन्दा पनि जनताका चासो गुनासो तथा बस्तुस्थिती बुझ्न गाउगाउ आईपुगेको बताउनु भयो । आफु जनताका माझ आउँदा धेरै कुरा बुझ्न पाउने बताउदै अहिले गाउदेखी माथिल्लो निकाएसम्म भ्रष्टचारले ठुलो जरा गाड़ेर बसेको छ । जबसम्म हामी भ्रष्टचारको अन्त्य गर्न सक्दैनौ तबसम्म हाम्रो देशले प्रगति पथमा जान नसक्ने भएकोले अब गाउगाऊँ बाट भ्रष्टचार बिरुद्ध अभियान थाल्नु पर्ने बताउनु भयों । आफू छोटो समयका लागी दुईपटक राज्यमन्त्री हुँदा दैलेखको बिकासमा योगदान दिन सकेको बताउदै राजनीति राजनीतिदलका नेता जनता र देशप्रती उत्तरदायी हुन सके देश छिट्टै संबृद्धितीर लम्कन सक्ने बताउनु भयों । 

अक्सिजन कन्सन्ट्रेटर बुझ्दै कार्यक्रममा बोल्ने बक्ताहरूले अक्सिजन कन्सन्ट्रेटरले गाऊँमा नागरिकको जीवन बचाउन ठुलो योगदान दिने भन्दै महामन्त्री आफै आएर सहयोग गर्नुभएको प्रति धन्यबाद दिएका थिय । सामग्री पठाउने हङकङ पूर्व सैनिक संघ तथा राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष चन्द्रबहादुर गुरुङ लगाएतलाई धन्यबाद दिईएको थियो ।

दैलेखका लागि करिब रु २८ लाख मूल्य बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा पठाउन लागिएको अभियानकर्मी चक्र बहादुर  चन्दले जानकारी दिनुभयो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना सङ्क्रमणको बिभिन्न समयमा जिल्लामा विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको जनाइएको छ ।

खबर एक्सप्रेस