आज:  | Fri, 28, Jan, 2022

लिपुलेकमा सडक निर्माण तत्काल रोक : कांग्रेस

२०७८, ३० पुष शुक्रबार २०:१५ मा प्रकाशित ( १ हफ्ता अघि) ९३१ पाठक संख्या

काठमाडौ  – नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक निर्माण गरेको भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले संयुक्त रुपमा ७ बुँदे वक्तव्य सार्वजनिक गर्दै भनेका छन् । नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ।’ लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको बताउँदै वक्तव्यमा भनिएको छ । नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ।

खबर एक्सप्रेस