आज:  | Tue, 16, Apr, 2024

एमकेके समूह आकाश उप्रेती अध्यक्ष

२०७८, २५ पुष आईतवार ०९:०१ मा प्रकाशित ( २ साल अघि) १३९२० पाठक संख्या

सामाजिक कार्यमा सक्रिय रहँदै आएको एमकेके समूह (MKK Group ) ले आगामी १ बर्ष को कार्यक्रम प्रतिवेदन प्रस्तुत गदै पाँचौ साधारणसभा सम्पन्न गरेको छ । शनिवार सम्पन्न भेलाले सम्मत रुपमा आकाश उप्रेती अध्यक्ष मा चुनिएका छन् । संस्थाको कार्य समितिमा उपाध्यक्ष प्रकाश उप्रेती , ज्ञानु खरेल सचिव बिज्ञान पौडेल ,उपसचिव कन्चन भण्डारी , अनुप प्रसाईं कोषाध्यक्ष सुदिप भट्टराई ,सहकोषाध्यक्ष- सुनिता काफ्ले चयन गरिएको छ ।
त्यसै गरी संस्थाको सामाजिक काम लाई चुस्त पारदर्शी पर्नको लागि उप-समिति पनि गठन गरिएको सचिव विज्ञान पौडेलले जानकारी दिए ।
नव गठित उप-समिति प्रमुखमा कैलाश प्रसाईं , साहित्य र संगित उपसमिति संयोजकमा विवेक निसानी ( आचार्य ) सदस्य अबिम सुनुवार, प्रविधिक उपसमिति संयोजकमा पुष्कर घिमिरे , खेलकुद उपसमिती संयोजकमा बिक्की सिटौला , सदस्यमा मनिश खडका त्यसतै सल्लाहकार उपसमिती संयोजकमा दिपक मित्तल , सदस्यमा रामेश्वर मण्डल, बिष्णु आचार्य र संचार उपसमिती संयोजकमा पासर तिम्सिना चयन गरिएको छ ।संस्थाले प्रतिवेदन प्रस्तुत गदै वितामोड – ३ मा रहेको मेची आँखा अस्पताल को प्राङगण अगाडि बुद्ध को प्रतिमूर्ति र चौतारी स्थापना गर्ने जनाएको छ । त्यसै संस्थाले विभिन्न सहयोग संस्था ‘ सहयोगी दाताहरुबाट आर्थिक संकलन गरी यो बर्ष भित्रै संस्थाको पहलमा ऐबुलेन्स संचालन गर्ने अध्यक्ष आकाश उप्रेतीले बताए ।

खबर एक्सप्रेस