आज:  | Fri, 19, Apr, 2024

लिपुलेख नेपाली भूमि हो : नयाँ शक्तिका संयोजक रवि किरण हमाल

२०७८, २४ पुष शनिबार १८:५२ मा प्रकाशित ( २ साल अघि) ९०५३ पाठक संख्या

काठमाडौं, २४ पुष। नयाँ शक्ति पार्टीले नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई आग्रह गरेको छ । भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका थिए । शनिवार एक प्रेस वक्तव्य जारी गर्दै नयाँ शक्तिले नेपाली भूमि अतिक्रमण गरी पूर्वाधार खडा गरेर भारतले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता माथि नाङ्गो प्रहार गरेको आरोप लगाएका छन् । सबै राजनैतिक दलहरूको सहमति र आम नागरिकको चाहाना बमोजिम नेपाल सरकारले नयाँ नक्सा जारी गरेपनि  हाम्रो भूमिमा भारतको उपस्थिति रहँदै आउनु लज्जाको विषय रहेको नयाँ शक्तिले बताएको छ ।
नयाँ शक्तिका संयोजक रवि किरण हमाल द्वारा जारी वक्तव्यमा सरकारलाई तत्काल उच्चस्तरमा वार्ता गरेर समस्या हल गर्न आग्रह गरिएको छ । किरणले उक्त क्षेत्रमा  नेपाली सेनाको उपस्थिति रहनुपर्ने माग समेत गरेका छन् ।

खबर एक्सप्रेस