आज:  | Wed, 27, Mar, 2024

दैलेख सफाइ अभियान सम्पन्न : अस्पताल परिसरमा फोहर

२०७८, २४ पुष शनिबार १८:४० मा प्रकाशित ( २ साल अघि) १८४७७ पाठक संख्या

दैलेख सफाइ अभियान सम्पन्न भएको छ । “सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता” “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागि पर्नुहोस्” भन्ने नाराका साथ सो अभियान सम्पन्न भएको छ । अभियानको आयोजना दैलेख जिल्लामा रहेको पञ्कोशी ज्वाला युवा प्रतिष्ठानले गरेको थियो । सदस्य तथा स्थानीय युवाहरुको समूह सहित दैलेख जिल्ला अस्पतालको प्राङगणबाट सरसफाईको अभियान सुरु गरिएको थियो l जिल्ला अस्पताल परिसर संगै राजमार्ग आशपास क्षेत्रमा सफाइ समेत गरिएको थियो । अभियानमा बोल्दै  सामाजिक अभियन्ता तथा बाग्मती सफाई महाअभियान तथा मेचिमहाकाली सफाई अभियन्ता चक्र बहादुर चन्दले दैलेख सफाई अभियान पहिला पनी पटकपटक संचालन हुँदै आएकोमा निरन्तरता हुन नसकेकोले अब यो अभियानलाई निरन्तरता दिन क्लब तथा सहभागीलाई अपील गर्नुभयों । सफाई अभियानमा अब युवाहरू जुटेर अहिलेको वातावरणिय प्रभाबलाई कम गर्न योगदान दिनुपर्ने बताउनु भयों । अब सबैजनाले फोहोरलाई बर्गीकरण गरी ब्यबस्थापन गर्ने अभियानमा लाग्न अपील समेत गर्नुभयों । यो अभियान ज्यादै महत्वपूर्ण भएकोले हाम्रो योगदान रहन जरुरी छ भन्दै यो अभियानको सफलताको शुभकामना समेत दिनुभयों ।

आफ्नो सामाजिक संजालमा थप् लेख्दै

आज जिल्ला अस्पाताल परिसर् र आसपास क्षेत्रमा सफा गरियो ! अस्पताल जस्तो सम्बेदनशिल क्षेत्र परिसरमा यी कुरा देखियो

१. परिसर र अगाडि यत्रतत्र फोहोर नै फोहर फालिएको छ् !

२. पलास्टिक जलाउने गरेको पाइयो !

३. धुम्रपानका खोलहरु रक्सीका बोटल छरपस्ट छन !  

४. अस्पताल प्रशासनले समयमा ध्यानदिन एकदम जरुरी छ !त्यहा आउने नागरिकले पनि ध्यानदिन जरुरीछ

५. नगरपालिकाले समय मै योजना सहित् बिचार नगरे दैलेख बजार फोहोरको भण्डारहुने निस्चित छ । आउनुहोस् यसकिसीमका अभियानमा सबै जुटौ भन्दै अपील गर्नुभएकोछ 

कार्यक्रममा क्लबका अध्यक्ष अध्यक्ष लोकेश गिरीले सबैलाई धन्यबाद दिदै अभियानलाई निरन्तरता दिने बताउनु भयों । करिब दुई घण्टा सफाई अभियान गरिएको थियो ।

खबर एक्सप्रेस