आज:  | Thu, 29, Sep, 2022

सिआइवीको अनुसन्धान रिपोर्ट सरकारी वकिल कार्यालयमा

२०७८, २२ पुष बिहीबार २३:२० मा प्रकाशित ( ८ महिना अघि) ३३४९ पाठक संख्या

काठमाडौं, पुस २२ गते । निकै चर्चामा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको अनुसन्धान रिपोर्ट प्रहरीले आज बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । विगत दुई वर्षदेखिको अनुसन्धान सकेर आज छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाइएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन् । सरकारी लिखत किर्ते फैजदारी कसुर हुने भएकाले यसअघि सिआइवीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर अदालतबाट पक्राउ पुुर्जीको अनुमति लिइ अनुसन्धान थालेको थियो । सोही अनुसन्धान प्रतिवेदन आज बुझाइएको हा । उक्त जग्गा प्रकरणमा उच्च पदस्थ व्यक्तिको संलग्नता रहेको विभिन्न छानविन प्रतिवेदनले देखाएको छ । सिआइवीको प्रतिवेदनमा कति जना आरोपित छन् र ती कोको हुन् भनेर खुलाइएको छैन ।

खबर एक्सप्रेस