आज:  | Fri, 28, Jan, 2022

नो एमसिसि कविता

२०७८, २१ पुष बुधबार १०:४७ मा प्रकाशित ( ३ हफ्ता अघि) १२७२ पाठक संख्या

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित धरान स्थापना दिवस कार्यक्रमको उद्घाटनमा एउटा अचम्मको दृश्य देखियो एउटा हातमा नेपालको झण्डा अर्को हातमा प्ले कार्ड त्यो लिएको झण्डामा शुम्भ रक्षक नै निशुम्भ भक्षक अनि प्ले कार्डमा ‘गुम्नेछ नेपाल आमा’ शीर्षकको कविता लेखिएको थियो । ति झण्डावाल थिए धरान उपमहानगरपालिका वडा नं ७ निवासी ६६ बर्षिया बासु चालिसे । उनी प्रधानमन्त्रीलाई देखाउन चाहन्थे तर सुरक्षाकर्मीले खोसेका कारण देखाउन पाएनन तर अहिले सामाजिक संजालमा भाईरल छ ।

 

नो एमसीसी

हे धर्ती माँ सुपुत्र गतिलो बिस्यौ कि जन्माउन र
एमसीसीले तान्दा ती फरिया, ताली झोले ठोक्नेछन् ।।
कानुन नै निब बेच्छ कलमको, न्याय त्यहाँ मर्दछ ।
रक्षक नै छ विदेशी भतुवा, दासत्व स्वीकार्दछ ।।
देशभन्दा ठूलो पार्टी देख्ने, अन्ध दृष्टि फुटाऊ ।
स्वयं आफ्नै चुरासारी, कुलाङ्गारलाई घेराउ ।।
तिम्रा पुत्र रिपु भगत भए, पिउँछन् तिम्रै रक्त ।
छाती तिम्रा परेड खेल्न, आउँछन् विदेशी धूर्त ।।
अर्काकै भरमा चल्छौ यदि भने, के काम तिम्रो यहाँ र
आर्यघाट बल्दा चिता दनदनी, चित्कार सुन्नु त्यहाँ ।।
बालुवाटार लम्पसार भए, बिक्री गरे सब गरिमा
न गानधारी बन न धृत राष्ट्र, गुम्नेछ नेपाल आमा

 

खबर एक्सप्रेस