आज:  | Fri, 28, Jan, 2022

बलिउड कलाकारलाई ओमिक्रोनको आतंक

२०७८, २१ पुष बुधबार १०:३७ मा प्रकाशित ( ३ हफ्ता अघि) १९५४ पाठक संख्या

काठमाडौं । भारतमा ओमिक्रोनको आतंकले बलिउड कलाकारलाई आतंक मच्चाएको छ । एकहप्ताको बिचमा सातजना कलाकारमा कोरोना संक्रमणले छोएको छ । जोन अब्राहम, एकता कपुर, मृणाल ठाकुर, नोरा फतेही, प्रेम चोपडा र डेलनाज इरानीलगायत कैयौं कलाकारहरू कोरोनाको चपेटामा परेका छन् । अभिनेता प्रेम चोपडा र उनकी पत्नी उमा चोपडालाई सोमबार कोरोना संक्रमण भयो । उनीहरूलाई हाल मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । अभिनेता जोन अब्राहम र उनकी श्रीमती प्रियालाई पनि कोरोना पोजेटिभ देखिएको छ । निर्मात्री एकता कपूरलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उता टेलिभिजन अभिनेता नकुल मेहता र जानकी पारेखका ११ महिने छोरा सुफीलाई पनि कोरोना संक्रमण भएको छ । बलिउड अभिनेत्री मृणाल ठाकुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेत्री नोरा फतेहीलाई आइतबार कोरोना पोजेटिभ भएको छ । यसअघि करिना कपुर खान, अर्जुन कपुरलगायतलाई पनि कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि निर्माता करण जोहारले राखेको पार्टीपछि बलिउडकका थुप्रै कलाकारलाई कोरोना संक्रमण भएको बताईएको छ ।

खबर एक्सप्रेस