आज:  | Fri, 26, Apr, 2024

प्रेमगित ३ को रिलिज मिती स्थगित

२०७८, १९ पुष सोमबार २३:२४ मा प्रकाशित ( २ साल अघि) ७४७२ पाठक संख्या

काठमाडौं । बहुप्रतिष्ठित नेपाली फिल्म प्रेमगित ३ को रिलिज मिती स्थगित गरेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बढदो सन्क्रमणका कारण निर्माण टिमले  आफ्नो प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित गरेको हो । निर्माता सन्तोष सेनले सोमबार राती विज्ञप्ति जारी गर्दै कोरोनाको विकसित परिस्थितीको कारण फिल्म रिलिजलाई स्थगित गर्नुपरेको बताएका छन् । यसअघि यो फिल्मलाई फागुन १३ गते रिलिज गर्ने तयारी थियो । भारतमा कोभिड संक्रमणमा भएको वृद्धिको कारण फिल्म हलहरु बन्द भएकाले यस्तो निर्णय गर्नुपरेको उनले जनाएका छन् ।

“अब नेपाल भारत र विश्वभरी अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हौं’ निर्माता सेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुईवर्षअघि रिलिज तयारीमा रहेको फिल्म त्यतिबेला पनि लकडाउनको कारण स्थगित भएको थियो ।

खबर एक्सप्रेस