आज:  | Sat, 20, Apr, 2024

फिल्म ‘आरआरआर’ को पनि प्रदर्शन पोष्टपोन्ड

२०७८, १७ पुष शनिबार २१:२२ मा प्रकाशित ( २ साल अघि) ८६१९ पाठक संख्या

भारतिय बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को पनि प्रदर्शन पोष्टपोन्ड भएको छ । केही दिनअघि मात्र ‘जर्सी’ले आफ्नो प्रदर्शन मिति पोष्टपोन्ड गरेको थियो । फिल्म ‘आरआरआर’लाई लिएर फिल्मी बजारमा अनेक टिकाटिप्पणी हुने गरेको थियो । अन्तत फिल्मका निर्माता तथा निर्देशक एसएस राजामौलीले आफ्नो फिल्म ‘आरआरआर’ सारेका हुन । भारतमा फेब्रुअरीमा भाइरस उचाइमा पुग्ने र जनवरीदेखि नै संक्रमण तीव्र रुप लिने भएकोले सरकारले सार्वजनिक स्थानलाई कडाई गर्दै ल्याएको छ । हालै दिल्ली सरकारले पनि सिनेमा घर बन्द गर्ने निर्णय यसअधि नै गरिसकेको छ । गत शुक्रबा नै तमिलनाडु सरकारले पनि ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म देखाउने नियम लागू गरिसकेको छ । अन्तत ‘आरआरआर’ पनि सर्ने मनस्थितिमा पुगेको र आज बेलुकीसम्म औपचारिक रुपमा निर्माताले घोषणा गर्ने बलिउड हंगामाले आफ्नो समाचार अनलाईनमा लेखेको छ ।
यो फिल्म निकै प्रतिक्षा गरेका फिल्म हो । यसको कुल लगानी ४ करोड हाराहारी रहेको छ । यो चलचित्र आउँदो शुक्रबारदेखि रिलिज हुने सेड्युल थियो । एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।अब कुनै उपयुक्त मितिमा फिल्म रिलिज गरिने बताईएको छ । भारतमा ओम्रिकोन भाइरसका संक्रमित बढ्न थालेसँगै प्रदर्शनका लागि तयार भएका फिल्महरु आफ्नो प्रर्दशन मिति सार्न लागी परेका छन् ।

 

खबर एक्सप्रेस