आज:  | Fri, 28, Jan, 2022

मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन

२०७८, १६ पुष शुक्रबार १०:५६ मा प्रकाशित ( ४ हफ्ता अघि) ११७९ पाठक संख्या

लमजुङ । मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् । हिमपातले चामे गाउँपालिका १ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसार सम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ । सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको छ । हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । सवारी सुचारु गर्न भने अझै केहीदिन लाग्नेछ । मनाङमा बिहान बेलुकाको तापक्रम माइनस ७ डिग्री पुग्ने गरेको छ ।

खबर एक्सप्रेस