आज:  | Fri, 28, Jan, 2022

क्यानले टी–२० विश्वकप ग्लोबल छनोटका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा

२०७८, १५ पुष बिहीबार २१:५३ मा प्रकाशित ( ४ हफ्ता अघि) १४२७ पाठक संख्या

काठमाडौँ, पुस १५ गते । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल छनोटका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरको छ । टोलीका प्रशिक्षक पुबुदु दसानायके र क्यान खेलाडी छनोट समितिले बिहीबार बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

प्रारम्भिक टोलीका खेलाहीहरुमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह हुनुहुन्छ ।

क्यानले प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पछि टोलीमा मौका दिने जनाएको छ । प्रधानमन्त्री कप क्रिकेट पुस २५ गतेदेखि हुने बताईएको छ । अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ ।

खबर एक्सप्रेस