आज:  | Thu, 29, Sep, 2022

स्व.राजा बीरेन्द्रको सालिक १६ बर्षपछि स्थापना

२०७८, १४ पुष बुधबार १३:१६ मा प्रकाशित ( ९ महिना अघि) ८३०९ पाठक संख्या

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्रचौकमा झण्डै १६ वर्षपछि स्व. राजा वीरेन्द्रको शालिक राखिएको छ । दुई पक्षबिच लामो समयदेखी सालिक राख्ने र नराख्ने भन्ने बिषयमा बिबाद हुँदै आएको छ । आज स्वर्गिय राजा बिरेन्द्रको जन्मजयन्तीको अवसर पारेर स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको अर्ध कदको सालिक राखेको हो । 

यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन् । बलभद्रकै अगुवाइ युवाहरूको समूहले वीरेन्द्रचौकमा सालिका राखेको हो । राजतन्त्र विरूद्ध भएको २०६६-६३ सालको जनआन्दोलनको समयमा सो स्थानमा भएको स्व राजा बिरेन्द्रको सालिक हटाइएको थियो । 

खबर एक्सप्रेस